Recent Update

बाटाे

बाटो 

कसैलाई सिधा त , कसैलाई घुमाउरो 
कसैलाई उकालोे अनि अरुलाई ओरालोे 
कोहि आइरहेका छन्, कोहि जाँदैछन्
कोहि कुर्दैछन्, सबैको एउटै बाटो 

कसैको भर्खर सुरु भयो यात्रा
शरीरमा उमंग अनि मनमा जोस 
कसैको टुंगिने तरखरमा जात्रा
मन र तन थाकेकाले छैन होस

म गोरेटो मा छु कि दोबाटोमा
यात्रा सुरु भयो कि मेरो सकियो
थाहा छैन मलाई आज किन किन
लाग्छ मेरालागि बाटो सबै रित्तियो 

२०१६ जनवरी ७
भैंसेपाटी