Recent Update

आगमनको घडी

पलपल आगमनको घडी कुर्दै 
अंगालो म फैलाएर बसेको छु
सहवासको सुमधुर साथको लागि 
मृगतृष्णा सबै साँचेर राखेको छु । 

निर्धक्क स्वास लिएर आउ मेरी प्रीय
मभित्र घोलिएर मोक्षको अनुभूति गर
केहि समय आवेगमा मात्तिएर अघि बढ
अनि विश्राममा दुबै ढुकढुकी सुनेर हेर । 

आऊ आज समतल मुस्कान चुमेपछि
लामा ओठका गहिराईमा सयर गर  
मेरा शरीरका पत्रपत्रमा समाहित हुँदै 
देवत्वको अलौकिक मुहानमा डुबुल्की मार । 

ती पाईलाका औंलाहरू ग्रहण गर्दा
कक्रक्क परी सर्वाङ्ग बट्टारीन देउ
हर प्रहर म तिम्रा सब पीडा सोस्नेछु  
सुन्य आयाममा मोहनी धुन भर्न देउ । 

सम्भोगको परम बिन्दु आरोहणमा
पागलसरी निर्जनता प्राप्तिको तपस्या गर 
आऊ यो समुन्द्रमा छिर ए आविस्कारक
आफ्नो घनत्व उछालमा हैन डुब्नेमा बुझ । 

मधुमेह नामक बदनामी रोगको डरले
गुलियोको चाह कहिले सम्म कम गर्छौ तिमी ?
माया,मोह,पहेली जे सुकै परिभाषा दिउ
तीे क्षणका परम सुख नत्याग तिमी । 

कहिले बरफले सेक्दै तिमीलाई तताउंला
संतृप्त आहार पछिको प्यास म बुझाउंला 
जुन हेर्दै गगनचुम्बी छतमै टाँसीएर हामी
कहिले भान्साका साघुरोमा पनि बेरिउँला । 

वक्षस्थलका दरारमा स्वर्णजल छर्की
उत्ताउला हिमालका प्यास बुझाउँला 
हर स्पर्शका तरंगित प्रवाह हरुमा
बट्टारिएका नितम्बलाई कसेर थामौला 

ओहो ! आऊ मेरो हृदयकी सहयात्री
शरिरका पूर्ण उर्जा आज पसिनामा बगाऔं 
योगाका चौरासी आसन लट्ठारियर गर्दै
संगै सेलाऔं हामी, फेरी संगै मौलाऔं ।