Recent Update

जीवन यो दुई दिनको

जीवन यो दुई दिनको, जवानी त झन पल भरको

डरैडरको बालापन, चालीस पछि त अझ पिरै पिरको 
लडाईं आफैसँग लड्नु छ, न हार हुन्छ न जीत 
न धुन मिल्छ न सूर, जीवन होइन रहेछ कुनै संगीत 

छुदैन कुनै नसाले, तर जान्दछु भित्र छ केही प्यास 
भविष्य कता ठोक्किन्छ, कुन्नी कमजोर त होइन इतिहास 
उच्च उच्च उडान भर्छ, रोमान्चक लाग्छ फेरि जीवन 
मेरो गीतसँग प्रित कसैले लगाइदिए हुन्थ्यो, भरोसा खोज्छ मन 

बिचलित अन्तर्मन छ, एकै सर्कोले के एकोहोराओस् 
दिमाग नव बिधवाको सरी सुन्य छ, चुस्किले के रङ भरोस् 
सुन्यतामै लगी छोडिदेउ हे समाज, चिच्चाएर म थामिने छु 
पिउँदै तान्दै नसामा पागल हुनदेउ, रित्तिएर म फेरि रसाउनेछु 

यौन, निद्रा र खाना, आधारभूत आवस्यकता वा खह्रो भोक
कहिले स्वादको लत, त कहिले धुवाँको सर्कोमा नयाँ प्रयोग 
ओखती देउ उत्तेजना जगाउ, तैपनि खै किन छैन चरमउत्कर्स
समर्पण बिनाको प्रेममा, के ध्यान तपस्या अनि पुजाको के अर्थ 

साँघुरो बिचारको जालोमा बिलायो, यो तटस्थ विचारी
आफ्नै बिचारको घेराको बन्दि बने कि, बिना घेराका चरी
संसार पागल हो कि म, गर्दैछु आफैंभित्र घम्साघम्सी
आफैं छोडि हिड्यो युवापन, उड्दै विश्व हेर्न तम्सी